५ मंसिर २०८१, बुधबार
~~~~~~~~हार्दिक अपिल:~~~~~~~~~
१.अहिले covid-19 का बिरामी हरुलाइ अक्सिजन अर्थात् प्राण वायुको ठुलो हाहाकार छ । अस्पतालहरू बेड,ICU,ventilator लगाएतको अभावमा बिरामी भर्ना गर्न नसकिने अवस्थामा पुगिसकेका छन्, अस्पताल पाउँदा मात्रै बाँच्न सक्ने बिरामी पनि बेड खोज्दाखोज्दै ज्यान गुमाउन विवश छन्, सिकिस्त बिरामीले शय्या भेट्न कि उपचाररत कोही निको भएर घर फर्कनुपर्छ कि कसैको निधन हुनुपर्छ ,मृत्युदर अकासिँदो छ ,निजि मात्र होइन देशैभर सरकारी अस्पतालले समेत बिरामीका आफन्तलाई ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने ब्यहोराको मृत्युको कबुलियतनामा रुपि कागज गराउन थालेका छन्।
२.परिस्थिति हाम्रो संयन्त्रको बुताबाहिर गैसकेको छ ।
स्रोतसाधनको कमीले मात्र यो अवस्था आएको पक्कै होइन, सरकारसित व्यवस्थापन कौशल नहुनु पनि यसमा जिम्मेवार छ । यो संकटबाट मुक्ति पाउन युद्धस्तरमा प्रतिकार्य गर्नुको विकल्प छैन । यसका निम्ति सरकारले आफ्नो सम्पुर्ण शक्ति व्यवस्थापनमा लागाउन र केन्द्रित हुन आग्रह गर्दछु ।
३.लामो समय देखि महामारीको नियन्त्रण,ब्यबस्थापन र उपचार सम्बन्धी आबश्यक प्रबन्धमा चुकेको र केबल भ्रष्टाचारमा लिप्त बर्तमानमा औचित्यबिहिन बनेको सरकारको एकल प्रयत्नले अहिलेको अवस्थाबाट सजिलै मुक्ति नपाउने देखिइसकेको छ । त्यसैले, यो महासंकटको घडीमा चीनसहित अरू छिमेकी/मित्र मुलुक र अन्तर्राष्ट्रिय समुदायसित सार्थक सहयोगको अपिल गर्न बिलम्ब नगरौं ।
४.सरकारले मूलतः तत्काल सिकिस्त संक्रमितहरूको ज्यान जोगाउन यथोचित उपचारको बन्दोबस्त र संक्रमणको अवस्था अझै भयावह हुन नदिन धेरै नागरिकलाई खोप पनि लगाउँने । यसनिम्ति सबै मुलुकसित सहयो लिनपर्नेमा किन सरकारको ध्यान भने भारत भन्दा अन्त नगएको हो ?आफैं ठूलो संकटबाट गुज्रिरहेका बेला भारत बाट यो कति सम्भव हुन्छ, त्योविचार पुर्याउनुपर्छ । नेपालका प्रधानमन्त्री लगायतका उच्च नेतृत्वले कत्ति पनि ढिलाइ नगरी कुटनितिक अग्रसरता देखाइहाल्नुपर्छ ।
५.भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि आउने दबाब थेग्न नसकेको स्थिति छ।
बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले सबैलाई लज्जित बनाएको छ ।
६.यस्तो संवेदनशिल अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलले सरकार, राज्यसंयन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गैरहेको आजको अबस्थामा संक्रमण देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेकोले आगामी दिनमा कसरी तयारी गर्ने भन्ने योजनासमेत भएन,त्यसैले स्वास्थ्य क्षेत्र अहिलेको अवस्थामा पुग्यो ।
७.यसर्थ आफ्ना जनता कसरी बचाउने भन्ने नै अहिले सबैको प्राथमिकता हुनु पर्दछ । अहिले चलिरहेको सत्ताको फोहोरी खेल बाट बाहिर निस्केर जनता बचाउने अभियानमा सहभागी बन्न,राजनीतिक जोडघटाउमा नलागी एकै ठाउँमा उभिएर महामारीविरुद्ध जुट्न म मेरो मातृ पार्टी नेपाली काँग्रेस लगाएत सबै राजनीतिक दल र शिर्ष नेतृत्व, सरकार,नागरिक समाज,सरकारी तथा गैरसरकारी संस्था लगाएत सबैमा हार्दिक अपिल गर्दछु ।
८.नेपाल र नेपालीले बेहेर्नुपरेको यो बिकराल स्थितिबाट बाहिर निस्कन आबश्यक सबै खाले सहयोगको निम्ति पनि अन्तराष्ट्रिय समुदाय,गैरआवसिय नेपाली,नेपाली जनसम्पर्क समिति, राजनीतिकर्मी,सबै भातृ तथा सुभेक्षुक संस्थामा आबद्ध नेताहरु र देश बिदेशमा रहनु भएका नेपाल विद्यार्थी संघमा आबद्द सबै साथीहरुमा हार्दिक अपिल गर्दछु ।
सजक होउँ, सचेत रहौं !
आफू बाचौं, अरुलाइ पनि बचाऔं !!
जय नेपाल ।
बलदेव तिमल्सिना
महामन्त्री
नेबिसंघ, केन्द्रीय समिति ।
मिति:२०७८।०१।३०