१३ मंसिर २०८१, बिहीबार
स्थिति र परिस्थिती खै के सुनाऊ नाजुक छ हजुर
गरिवको जिवन अन्धकारमय सधै यस्तै हो त हजुर ।
आयौ शासनमा हाम्रै तागतले भाचेको सिन्को उठ्दैन
भोकानाङ्गा त थियौ अझै त्यसमै कस्तो षडयन्त्र हजुर ।।
तक्दिर भन्थे पुर्खाले लेखेको हुन्छ मागेको हुदैन्
तर आज लेखेकै अलग्याउदै छन् कस्तो निष्ठुरी हजुर ।
दिन कहिले नदेखुन यस्तो छट्पटाहट दुस्मनले पनि
अक्सिजन कै अभावले मर्नु पर्ने कस्तो शासन हजुर।।
हेरेरै चित्त बुझेको थियो न लाउनु न खानु सुनको गजुर
चिल्लो पजेरो र रातो कार्पेट तिमीलाई नै सुहाउँछ मञ्जुर
भयावह परिणाम सार्वजनिक भएका छन् मरेका छन् कति
चाहिँदैन विकास बरू उद्धार गर तिम्रै जनता हुन् हजुर ।।
उठाउदै छ भाइरसले जगत सम्झ तिम्रै हात थरीथरी
फुलको थुङ्गा पनि कमि हुन्छ लापरवाह तिम्रो करणी
चुनावको माहोल तताउदै छौ रे सोच लिई कस्तो
अर्थहिन र भयावह परिणाम सिर्जना हुन्छ कि कसूर हजुर।।