२०औं वर्ष पुगिसक्यो राज परिवारले छोडेको……

होमल्याण्ड खबर

२०७८ जेष्ठ १९ गते, बुधबार १३:२१ मा प्रकाशित

२०औं वर्ष पुगिसक्यो राज परिवारले छोडेको ।
धर्ती छोडी आकाश सँग नाता जोडेको।।
२० औं वर्ष पुगिसक्यो राज परिवारले छोडेको..

घाउ त्यो पुरानो भइदियो सधै ताजा ।
नेपाली हामीले संझेका छौ कहाँ गयौ राजा?
त्यो दिन त हुने नै छ सधै भरि ताजा…

औसीको रातमा पनि कालो!बादल छाएको छ ।
दर्दनाहट यो घडीमा तिम्रो! याद आरएको छ !!
रातमा पनि दिनमा पनि कालो बादल छाएको छ..

थाहा छैन त्यो कालो रातमा के के भयो भयो ।
हामी नेपालीको मनमा तिम्रै माया रह्यो ।।
थाहा कहिले नहुने भो के के भयो भयो..

यति सुन्यौ त्यो रातमा बग्यो रे रगतको खोला ।
परिवार नै सखाप पर्ने कस्को योजना होला ।।
यति सुन्यौ त्यो रातमा बग्यो रे रगतको खोला..

प्राणा भन्दा प्यारो थियो! तिमीलाई देश राजा ।
त्यो दिन त हुने नै छ सधै भरि ताजा ।।
तिमीले दिएको माया हामीमा सधै छ है राजा।।।
त्यो दिन त हुने नै छ सधै भरि ताजा..