९ मंसिर २०८१, आईतवार
‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’