नारायणहिटी दरबारमा सुनौलो बग्गी सार्वजनिक

होमल्याण्ड खबर

२०७८ भाद्र २१ गते, सोमबार ११:०४ मा प्रकाशित

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।

यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो । यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ ।