मिस युनिभर्सको ताज नेपाल ल्याउने सपना सहित इजरायल उडिन् सुजिता

होमल्याण्ड खबर

२०७८ मंसिर १३ गते, सोमबार ११:५८ मा प्रकाशित

इजरायलमा हुने ७० औं संस्करणको ‘मिस युनिभर्स’मा सहभागिता जनाउन ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छिन् । ‘मिस युनिभर्सको ताज नेपाल ल्याउने सपना सहित उनी इजरायल उँडेकी हुन् ।

इरजायलका लागि उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफु सहभागी हुन लागेको बताइन् ।

गतमहिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युमसहित विभिन्न तयारी गरेकी छन् । ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदै छ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरुको सहभागिता रहनेछ ।