३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका मनोनीत ४४ जना केन्दीय सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
गत आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको थियो ।


मनोनित हुनेहरुमा विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईँ रहेका छन्। यस्तै, दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, उद्धव रेग्मी, बद्रि न्यौपाने, रुपनारायण श्रेष्ठ रहेका छन्।
यसैगरी, प्रेम दंगला, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता याजव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, दुर्गा प्रसाईँ, गोविन्द दुवाल, सहदेव बोटी, बालसिंह काउछा, कृष्ण केसी र चन्द्रबहादुर विश्वकर्मा रहेका छन्।