कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का

होमल्याण्ड खबर

२०७८ पुष १ गते, बिहीबार १४:५२ मा प्रकाशित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का भएको छ । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् ।

४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।

दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा। मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।