४ दिनपछि सिटौलाले दिए विश्वप्रकाशलाई बधाई तथा आशीर्वाद

होमल्याण्ड खबर

२०७८ पुष ४ गते, आईतवार १५:२५ मा प्रकाशित

नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मालाई नेता कृष्णप्रसाद सिटौलाले बधाई तथा आशीर्वाद दिएका छन् । आइतबार सिटौला निवास चण्डोल पुगेका शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् ।

प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् । शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए ।

सिटौलाले देउवा समूहबाट आफू निकट प्रदीप पौडेललाई अगाडि सारेका थिए भने देउवाले बाँकी अर्को सिटमा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । देउवा र सिटौला निकट महत र पौडेललाई पराजित गरी शर्मा सिंहको प्यानलबाट महामन्त्री बनेका हुन् ।