३० फाल्गुन २०८२, शनिबार
विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका छन् । उक्त स्पष्टीकरणमा उनले रवीन्द्र मिले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न नसकिने बताएका छन् ।
पाण्डेले स्पष्टीकरणको अन्त्यमा लेखेका छन्, ‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन ।’


आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन् ।