धनुष र ऐश्वर्याको डिभोर्स

होमल्याण्ड खबर

२०७८ माघ ४ गते, मंगलवार १२:२७ मा प्रकाशित

साउथका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ । धनुषले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् । धनुषले ऐश्वर्यासँग १८ वर्षअघि विवाह गरेका थिए । आफूहरु सहमतिमा नै अलग भएको भन्दै धनुषले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन् ।

धनुषले १८ वर्षसम्म आफूहरुको जीवन सुन्दर तरिकाले अगाडि बढेको बताएका छन् । तर, अहिले आएर आफ्नै व्यक्तिगत जीवन बुझ्न आवश्यक रहेको ठानेर अलग हुने निर्णय गरेको धनुषले उल्लेख गरेका छन् । धनुष साउथका साथै बलिउड चलचित्रमा पनि व्यस्त छन् । उनी साउथका सुपरस्टार रजनीकान्तका ज्वाइँ हुन् ।