मिस ग्ल्याम वल्र्ड २०२२ मा नेपाल पनि सहभागि हुने

होमल्याण्ड खबर

२०७८ फाल्गुन १३ गते, शुक्रबार १३:०० मा प्रकाशित

 मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत् नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षिया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिईएको हो । सोही कार्यक्रममा श्रेष्ठलाई आमा ईन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराईदिएका हुन् ।

विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ । हाल स्नातक तहमा अध्ययनरत तथा विगत केहि वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाईसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन् । मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस मिस ग्ल्याम वल्र्ड २०२२ लाई लिएर निकै उत्साहित छिन् । मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने बाचा गरिन् । मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने श्रेष्ठले बाचा गरिन् ।

मिस ग्ल्याम वल्र्ड २०२२ एक अन्र्तराष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए ।