७ बैशाख २०८२, आईतवार
काठमाडौं अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिभल’ आयोजना हुने भएको छ । फेस्टिभल यहि फागुन २० ९आगामी शुक्रबार० ललितपुरको झम्सिखेलमा हुन लागेको हो । चर्चित गायक कालीप्रसाद बास्कोटा लगायतका प्रस्तुति सो फेस्टिभलमा रहने छ ।
पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बास्कोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरूबाहेक रिदम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि प्रस्तुति दिनेछन् ।
आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति रहने बताइएको फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारको समेत सहभागिता रहनेछ । गायक दीपक बज्राचार्यले शुभारम्भ गर्ने फेस्टिभलमा दर्शक निःशुल्क प्रवेश गर्न पाउनेछन् ।