पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

होमल्याण्ड खबर

२०७८ चैत्र ८ गते, मंगलवार १४:२१ मा प्रकाशित

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा १४ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गराएको हो ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ ।