ललितपुरमा चिरीबाबुलाई नै निरन्तरता दिने कांग्रेसको निर्णय

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १२:५३ मा प्रकाशित

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै दोहोर्याउने निर्णय गरेको छ । अघिल्लो स्थानीय चुनावबाट जितेका महर्जनलाई नै निरनतरता दिने निर्णय भएको बताइएको छ ।

मेयरको टिकट पाएपछि महर्जनले आज दिउँसो जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै अगाडि सारेको बताइएको छ ।

अघिल्लो स्थानीय निर्वाचन (२०७४) मा महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका थिए ।