इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई आयोगको निर्देशन

होमल्याण्ड खबर

२०७९ बैशाख १९ गते, सोमबार १७:०४ मा प्रकाशित

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा इन्टनरनेट सेवा प्रदायक सेवा प्रदायक कम्पनीहरुले सेवा बन्द हुने भनेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार मन्त्रालयलाई यो अवस्था आउन नदिन निर्देशन दिएको बताए ।​