२ चैत्र २०८२, सोमबार
पाँच दलीय गठबन्धनले आज चितवनमा गर्न लागेको विशाल आमसभाका लागि तयार पारीएको मञ्च पानीले डुवाएको छ ।
केन्द्रीय बस टर्मिनल अगाडि गठबन्धनले आमसभा गर्न बुधबार नै साजसज्जा गरेको थियो । तर रातभरी परेको पानीले मञ्च नै डुवाएको छ भने हवाहुरीले सभा स्थलमा राखिएका पार्टीका व्यानर, झण्डा सबै भूइँमा ढलाएको छ । आमसभा गर्ने ठाउँमा पानीको पोखरी नै जमेको छ ।


जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा हिजै चितवन पुगिसकेका छन् । उनिसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन पुगेका छन् ।सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार हुन् । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।