२ चैत्र २०८२, सोमबार
नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि सकिएको हो । सर्वोच्चले बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमाथि आदेशका लागि आजका लागि पेसी तोकेको थियो।
प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० विश्वराज पोखरेलले १९ वैशाखमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।


बुधबार एआइजी पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव, सतिशकृष्ण खरेल, पूर्णमान शाक्यका साथै अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए।
आइजिपी नियुक्तिको निर्णय बदर गरी एआइजी पोखरेललाई उक्त पदमा नियुक्त गर्नुपर्ने उनीहरूले माग गरेका थिए।
त्यस्तै, प्रतिवादी बनाइएका आइजिपी धीरजप्रताप सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तका साथै अधिवक्ताहरू टीकाराम भट्टराई, भीमार्जुन आचार्य र केदार दाहालले बहस गरेका थिए। बुधबार नै सरकारी पक्षले पनि आफ्नो कुरा इजलासमा राखेको थियो।