२ चैत्र २०८२, सोमबार
गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
बिहिबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताएका हुन् ।


चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए ।
साथै १५–२० वर्ष गठबन्धनलाई टिकाउने प्रचण्डले प्रतिवद्धता समेत गरेका छन् ।