गठबन्धनको पोखरामा चुनावी सभा: प्रधानमन्त्री देउवासहित शीर्ष नेताले सम्बोधन गर्दै

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १२:४६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने भएका छन् ।

पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए।

चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलहरूले र्‍यालीको तयारी गरेका छन् ।