एमालेको ६७ बुँदे अपिल (पूर्णपाठ)

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १३:१३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको संघारमा ६७ बुँदे अपिल सार्वजनिक गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी ओलीले अपिल सार्वजनिक गरेका हुन् ।
ओलीले कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्। ओलीले सुशान र विकासको मार्गमा तीव्रगतिमा अघि बढिरहेको मुलुकलाई कांग्रेसले व्यवधान खडा गरेर यथास्थितिमा राख्न खोजेको आरोप लगाए ।
उनले कांग्रेसले संसदीय शासन प्रणालीको आदर्शको उपहास गरेको बताए। राष्ट्रिय एकतालाई कमजोर पार्ने,  कुनै नाममा अखण्डता अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै ओलीले एमाले मात्र मजबुत पार्टी भएको दाबी गरे ।