राष्ट्रपतिसमक्ष संसद बैठक आह्वान गर्न सिफारिस

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १५:३४ मा प्रकाशित

सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ वा ४ गते संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो ।