प्रधानमन्त्री देउवा डडेल्धुरामा, मतदान गरेर मात्र काठमाडौं फर्किने

होमल्याण्ड खबर

२०७९ बैशाख २७ गते, मंगलवार १०:२४ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् । चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

प्रधनमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुने बताए । उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।