काठमाडौँमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७९ बैशाख २७ गते, मंगलवार ११:०५ मा प्रकाशित

स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले मंगलबार काठमाडौँको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ। एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा–वडादेखि आउने जुलुस र र्‍याली सभास्थल जानेछन्।