गठबन्धनलाई हराउँदै बैतडीको पञ्चेश्वरमा एमाले विजयी

होमल्याण्ड खबर

२०७९ जेष्ठ १ गते, आईतवार २३:३१ मा प्रकाशित

बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका गोरख बहादुर चन्द अध्यक्षमा विजयी भएका हुन् । उनले ३७८२ प्राप्त गरे ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश भण्डारीले २४८८ मत ल्याए । उपाध्यक्षमा एमालेकै मिना भट्ट विजयी भएकी छन् । उनले ३०६४ मत प्राप्त गरिन् । गठबन्धनबाट नेकपा एसका उम्मेदवार राजेन्द्र बहादुर चन्द २५०० मत प्राप्त गरे ।