काठमाडौंमा बालेनले कटाए १० हजार मत

होमल्याण्ड खबर

२०७९ जेष्ठ ३ गते, मंगलवार १०:२४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन्।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ। यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।