९ मंसिर २०८१, आईतवार
चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिगि्रएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन् ।