भोलिदेखि भारतीय सिनेमा चल्न नदिने महानगरको तयारी

होमल्याण्ड खबर

२०८० असार ३ गते, आईतवार १६:३८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले भोलिदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने तयारी गरेको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले भोलिदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने तयारी भएको महानगर स्रोतले जानकारी दिएको छ ।

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए ।