पशुपति शर्मा र चर्चित गायिका पुजा क्षेत्रीको मौलिक तिज गीत “हाई मेरी गुन्टुरी” सार्वजनिक – (भिडियो सहित)

होमल्याण्ड खबर

२०८० श्रावण ३१ गते, बुधबार १६:२१ मा प्रकाशित

गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत के मा चित्त दुख्यो मयालैको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “हाई मेरी गुन्टुरी” लिएर आएकी छिन् ।
पशुपति शर्माका शब्दहरु साँगितिक खुराक ज्यादै स्वादिलो र रसिलो हुन्छ । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । अझै तीज गीत आउन केहि साताको समय कुर्नै पर्छ । तरपनि बजारमा गीतको होडबाजीको दोहोरी चलिरहेको छ । यहि समयको गोञ्जागोल भित्र सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएका शर्माका शब्द र रचना एकदमै पृथक र अलग पहिचान रहेको पाइन्छ ।

हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक तथा लोकदोहोरी गायक पशुपति शर्माको लय तथा शब्दमा पशुपति शर्मा र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको तीज गीत “हाई मेरी गुन्टुरी” पुजा क्षेत्री युटूव च्यानलबाट भर्खरै मात्र बजारमा आएको छ ।

समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । मौसम हिमालीको निर्देशनमा मोडल रमेश बिश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनको २५ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३० भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् ।

उनले राजु परियार सँग गाएको के मा चित्त दुख्यो मयालै का मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो ।

हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।