२ मंसिर २०८१, आईतवार
मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिएका छन् । आइतबार माओवादी केन्द्रका दुई जना मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह वन तथा वातावरण र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिए । उनीहरू दुवै जना वैशाख ६ गते मन्त्री नियुक्त भएका थिए ।