२ मंसिर २०८१, आईतवार
आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताएको थियो । तर दुवै बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।
स्थगित भएको बैठक जेठ १ गते बिहान ८ र ९ बजे बस्नेछ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गरिरहेको छ ।
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।