९ मंसिर २०८१, आईतवार
सरकारी स्वामित्वका अधिकांश उधोग धराशायी छन् । केही त बन्दै भइसकेको छ । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उधोग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ ।
विसं २०७१ सालयता उधोगले वार्षिक १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ। चुहावट नियन्त्रण र बजार विस्तारका कारण मुनाफा आर्जन गर्न सफल भएको उधोगले जनाएको छ । उधोग प्रशासन गुणस्तरीय उत्पादनका साथै उधोगको समग्र क्षमता सुधारमा जुटेको छ । प्रशासन विभागका प्रमुख गणेश कोइरालाले क्षमता सुधारका लागि १०० करोड बजेट आवश्यक पर्ने बताए। “हामीसँग ४० करोड सञ्चित छ”, उनले भने, “सरकारले क्रमिकरूपले आवश्यक बजेट दिएमा लामो समयदेखि जीर्ण मेशिन विस्थापन गर्न सहज हुन्थ्यो, कतिपय मेशिन कामै नलाग्ने छन् ।”
मेशिन पुरानो हुँदै जानु र उत्पादन क्षमतामा पनि कमी आएकाले स्तरोन्नति गर्न जरुरी रहेको उनको भनाइ छ । एशियाली विकास बैंक ९एडिबी० को सहयोगमा हेटौँडा उपमहानगरपालिका–९ मा ०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन शुरु गरेको हो। उद्योगले आज आफ्नो ३३ औँ वार्षिकोत्सव मनाउँदैछ ।
उधोग व्यवस्थापनले निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरूपमा विकास गर्ने कार्ययोजना तयार गरेको छ । “समयानुकूल उत्पादनमा वृद्धि र मूल्य घटाउनुपर्ने बाध्यता छ”, प्रशासन प्रमुख कोइरालाले भने, “हेटौँडा सिमेन्टको उत्पादनमा कमी आए बजारमा निजी उद्योगको एकाधिकार रहन्छ, यदि हामीले उत्पादन दिन नसक्ने हो भने उपभोक्ताले निजी उधोगका कमसल उत्पादनलाई महँगो मूल्यमा किन्नुपर्ने अवस्था सिर्जना हुन्छ ।”
उधोगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको छ । डिलर सुविधाबाहेक प्रतिबोरा रु ८४७ यसको बजार मूल्य हो । यसले ‘शक्ति’ नामको ब्राण्डमा सिमेन्ट उत्पादन गर्छ ।
उधोग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको बताए । गुणस्तरीय उत्पादन भएकाले माग पनि अत्यधिक रहेको दाबी गर्दै उनले भने, “उत्पादन क्षमताको विकास गर्नसके बजारमा हेटौँडा सिमेन्टकै दबदबा कायम रहन सक्छ ।”
यसको उत्पादन प्रविधि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीको भनाइ छ ।
उधोग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिक छ । काठमाडौँमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा २०७२ सालको विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि झन माग बढेको बताइन्छ ।
सञ्चालक समितिका अध्यक्ष न्यौपानेले हेटौँडा सिमेन्टका भवनदेखि र प्रविधिसम्म पुरानो हुँदा पनि आफ्नो शाख बचाइरहेको बताए। “हेटौँडा सिमेन्टको गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेका छौँ”, उनले भने, “निजी उधोगले पनि हाम्रै ब्राण्डसँग मिल्दोजुल्दो नाम राखेर सिमेन्ट उत्पादन गर्ने गरेका छन्, हाम्रो विश्वसनीयता यसैले पुष्टि गर्छ ।” उनले ८३ करोड घाटामा रहेको उधोग बल्ल रु ५१ करोडमा झारिएको बताए। उधोगमा हाल ४०० कर्मचारी छन् । रासस ।