६ बैशाख २०८२, शनिबार
पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव बुधबार रातिको हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ।
कार्यक्रम चलिरहेका बेला अचानक परेको भीषण असिना वर्षा र तेज हावाहुरीले महोत्सव स्थलमा अफरातफरीको अवस्था सृजना भएको थियो।
असिनासहितको वर्षाले हजारौं दर्शक, बालबालिका, वृद्धवृद्धा र सर्वसाधारण भागदौड गर्न बाध्य भएका थिए। सांस्कृतिक कार्यक्रमहरू तत्काल स्थगित गर्दै अर्को दिन सञ्चालन गर्ने तयारी आयोजकले गरेका थिए।
तर राति १ बजेदेखि चलेको भीषण हावाहुरीले महोत्सवस्थलमा रहेका स्टेज, स्टल, प्रवेशद्वार र बार लगायत संरचना भत्काइदिएको छ।