भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको पाकिस्तानको आरोप

होमल्याण्ड खबर

२०८२ बैशाख २६ गते, शुक्रबार १५:१४ मा प्रकाशित

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँगको बढ्दो तनाव र ‘ड्रोन आतङ्कवाद’का विषयमा कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई जानकारी गराएका छन् ।

पाकिस्तानी गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि भारतले सर्वसाधारणलाई लक्षित गरी ड्रोन आक्रमण गर्दै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको पाकिस्तानको आरोप छ ।

गृहमन्त्री नकवीले चेतावनी दिँदै भने, ‘पूरै क्षेत्र अहिले युद्धको सङ्घारमा उभिएको छ। पाकिस्तान आफ्नो सुरक्षामा कुनै सम्झौता गर्न तयार छैन ।’