२९ बैशाख २०८२, सोमबार
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँगको बढ्दो तनाव र ‘ड्रोन आतङ्कवाद’का विषयमा कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई जानकारी गराएका छन् ।
पाकिस्तानी गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि भारतले सर्वसाधारणलाई लक्षित गरी ड्रोन आक्रमण गर्दै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको पाकिस्तानको आरोप छ ।
गृहमन्त्री नकवीले चेतावनी दिँदै भने, ‘पूरै क्षेत्र अहिले युद्धको सङ्घारमा उभिएको छ। पाकिस्तान आफ्नो सुरक्षामा कुनै सम्झौता गर्न तयार छैन ।’