९ मंसिर २०८१, आईतवार
बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।
सहमतिप्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका थिए ।
अघिल्लो साता मात्रै संयुक्त राष्ट्रसंघको आप्रवासी नीतिमा हस्ताक्षरपछि राजधानी ब्रसेल्समा प्रदर्शन भएको थियो ।
मिचेलले अल्पमतमा परेको सरकारमा बहुमत जुटाउन नसकेपछि राजीनामा दिएका हुन् ।