बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलद्वारा राजीनामा

होमल्याण्ड खबर

२०७५ पुष ४ गते, बुधबार ११:०० मा प्रकाशित

बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।

सहमतिप्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका थिए ।

अघिल्लो साता मात्रै संयुक्त राष्ट्रसंघको आप्रवासी नीतिमा हस्ताक्षरपछि राजधानी ब्रसेल्समा प्रदर्शन भएको थियो ।

मिचेलले अल्पमतमा परेको सरकारमा बहुमत जुटाउन नसकेपछि राजीनामा दिएका हुन् ।