२२ फाल्गुन २०८२, शुक्रबार
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
हिन्दुस्तान टाइम्सले यसबारे समाचार लेखेको छ । इन्डिया टूडेले ‘बलिउड स्तब्ध’ भएको लेखेको छ ।


भारतीय संचारमाध्यमले भने धर्मेन्द्रको निधन भएको उल्लेख गरेपनि उनको परिवारबाट भने आधिकारिक जानकारी आउन बाँकी छ । धर्मेन्द्रकी छोरी इशा देओलले बुवाको स्वास्थ्य स्थितीबारे आधिकारिक धारणा बाहिर ल्याउने बताएकी छन् ।
स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । देओल परिवार निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ । सोमबार राती सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका । बबी देओल पनि ‘अल्फा’ को छायांकन छोडेर आफ्नो बुबालाई भेट्न मुम्बई फर्किएका थिए ।
सोमबार राति अबेर शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।
यी दिग्गज बलिउड स्टारको निधनको खबरसँगै बलिउड मात्र नभई सम्पूर्ण भारतीय फिल्म उद्योगलाई ठूलो धक्का लागेको छ ।
नोभेम्बर १० भन्दा पहिले पनि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यतिबेला आईसीयूमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि केही घण्टामै उनलाई डिस्चार्ज गरियो ।
यस वर्षको सुरुमा धर्मेन्द्रले कोर्नियल प्रत्यारोपण शल्यक्रिया गराएका थिए । उनको देब्रे आँखाको पारदर्शी तह, कोर्निया, क्षतिग्रस्त भएको थियो र उनको कोर्नियल प्रत्यारोपण (केराटोप्लास्टी) गरिएको थियो ।
धर्मेन्द्रको जन्म डिसेम्बर ८, १९३५ मा नस्रालीमा भएको थियो । उनी डिसेम्बर ८ मा ९० वर्ष पुग्ने क्रममा थिए ।
धर्मेन्द्र फिल्म ‘इक्किस’ मा देखिनेछन्। यो फिल्म उनको अन्तिम हुनेछ । फिल्मले भारत-पाकिस्तान युद्धको समयमा युवा सिपाही अरुण खेत्रपालको कथा भन्छ ।
फिल्ममा अमिताभ बच्चनकी नातिनी अगस्त्य नन्दले अरुण खेत्रपालको भूमिका निर्वाह गरेकी छिन् भने धर्मेन्द्रले उनका बुबा एम.एल. खेत्रपालको भूमिका निर्वाह गरेका छन् ।