६ चैत्र २०८२, शुक्रबार
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१औँ संस्करण पोखरामा सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यही चैत ७ गतेसम्म सञ्चालन हुने छ ।
व्यक्तिगत तर्फ प्रथम हुनेले पुरुष तर्फ १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । समूहतर्फ प्रथम हुने टोलीले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिला तर्फ विजेता हुनेले ७५ हजार, उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् ।

