२७ श्रावण २०८३, बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् ।
ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए।


कतारले उपहार दिएको विमानमा गए, सैन्य विमानबाट फर्किए
रिपोर्टअनुसार, त्यसपछि विमानस्थलमा सामान र खाना पुर्याउने क्याटरिङ गाडीको मद्दतले उनलाई चुपचाप अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी-३२ए सम्म पुर्याइएको थियो।