दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
होमल्याण्ड खबर
२०८३ आश्विन १२ गते, सोमबार १६:०० मा प्रकाशित
सोमबार पक्राउ परेका मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने जनाइएको छ । उनले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी रास्वपा सांसद रचना खड्का लक्षित गरेर ‘छोराको लासमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए ।