काँग्रेस हल्लाद्वारा स्थापित पार्टी होइन: आरेन राई

होमल्याण्ड खबर

२०८३ आश्विन १८ गते, आईतवार १६:४१ मा प्रकाशित

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले काँग्रेस देशमा प्रजातन्त्र स्थापनाको लागि जन्मिएको पार्टी भएको बताएका छन् ।

काँग्रेसको महाधिवेशनमा शुभकामना दिदै महासचिव राईले देशकै पुरानो दल नेपाली काँग्रेस हल्लाद्वारा स्थापित पार्टी नभएको र प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरूले राष्ट्र निर्माणको सपना देखेर निर्माण भएको पार्टी हो भन्ने बुझेको बताए ।

उनले भने- ‘नेपाली कांग्रेस वास्तवमा एउटा हल्लाद्वारा स्थापित पार्टी होइन । नेपालमा लोकतान्त्रिक गणतन्त्र, प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरूले राष्ट्र निर्माणको सपना देखेर निर्माण भएको पार्टी हो भन्ने हामीले बुझेका छौँ ।’

राईले विगतका गल्ती सच्याएर नयाँ पुस्ताले देश निर्माणमा योगदान दिनुपर्ने बताउदै राजनीतिक दलहरूबीच अब कामको प्रतिस्पर्धा हुनुपर्ने बताएका थिए ।