पूर्व सांसदसहित जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

होमल्याण्ड खबर

२०८३ आश्विन १८ गते, आईतवार १३:५३ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।

पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले पार्टीबाट राजीनामा दिएका हुन्।

राजीनामा दिएका नेताहरूले अब पूर्णकालिक सदस्यका रूपमा ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने बताएका छन्।

‘हुंकार मधेश’ अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। अभियानले मधेशका राजनीतिक, सामाजिक तथा समसामयिक विषयलाई केन्द्रमा राखेर गतिविधि अघि बढाउने जनाएको छ।