‘सांसद पद राज्यका संस्थालाई तर्साउने लाइसेन्स होइन’ : महेश बर्तौला

होमल्याण्ड खबर

२०८३ आश्विन २२ गते, बिहीबार १०:५८ मा प्रकाशित

नेकपा (एमाले) का पूर्व मुख्यसचेतक महेश बर्तौलाले सांसद पद राज्यका संस्थालाई तर्साउने, धम्क्याउने वा राष्ट्रसेवकको चरित्रहत्या गर्ने लाइसेन्स नभएको बताएका छन्।

रास्वपाका केही सांसदले नेपाल प्रहरीका प्रमुख तथा उच्च अधिकारीमाथि सार्वजनिक रूपमा लाञ्छना र व्यक्तिगत आरोप लगाउँदै आएको भन्दै बर्तौलाले आपत्ति जनाएका हुन्। कानूनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए कारबाही हुनुपर्ने बताउँदै उनले आलोचनाका नाममा राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने बताए।

उनले सरकार र सम्बन्धित राजनीतिक दललाई यस विषयमा गम्भीर ध्यान दिनसमेत आग्रह गरेका छन्। पछिल्लो समय सांसद खगेन्द्र सुनारलगायत रास्वपा सांसदले प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा प्रहरी खरिद प्रक्रियासम्बन्धी विषयमा प्रश्न उठाउँदै आएका छन्।