पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८३ आश्विन २३ गते, शुक्रबार १०:२७ मा प्रकाशित

पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।