८ मंसिर २०८३, सोमबार
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा बन्द भएको छ।


कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
शुक्रबार ३ अर्ब ८८ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ३ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३६० वटा धितोपत्रको एक करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २८३ रूपैयाँ २० पैसा पुगेको छ।
यसदिन भिजन लुम्बिनीको मूल्य सर्वाधिक ८.३३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१९ रूपैयाँ पुगेको छ।
यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको मूल्य ५.८२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
सोमबार ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २७६ रूपैयाँमा १५ करोड ९३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा लक्ष्मी सनराइज बैंक रहेको छ। उक्त कम्पनीको २८२ रूपैयाँमा १२ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ।