१० मंसिर २०८३, बुधबार
प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
बुधबार न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो।


कार्कीले दायर गरेको रिटमा यसअघि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफलका लागि पेसी तोकिए पनि विपक्षीमध्येका हालका आइजिपी डा. मनोजकुमार केसीका नाममा जारी म्याद तामेल हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि मंसिर ८ गतेको पेसी तोकेको थियो।