१० मंसिर २०८३, बुधबार
नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पत्नी डा. आरजु राणा देउवा धेरै समयपछि राजनीतिक कार्यक्रममा देखिएकी छन् ।
स्वास्थ्य उपचारका लागि देउवा दम्पत्ति सिंगापुर पुगेका थिए । सिंगापुरबाट गत चैतमा दुवै जना हङकङ पुगेका थिए । पत्नी राणालाई हङकङमा छोडेर २८ साउनमा देउवा स्वदेश फर्केका थिए ।


जेनजी आन्दोलनपछि राजनीतिक कार्यक्रममा नदेखिएकी राणा बुधबार हङकङमा एक कार्यक्रममा देखिएकी हुन् । देउवा समूहले गरेको जनसम्पर्क समितिको अधिवेशनमा उनी देखिएकी हुन् ।
देउवा पक्षका नेता किरण पौडेलले हङकङमा जनसम्पर्क समितिको अधिवेशन बुधबार भएको र राणा उक्त कार्यक्रममा सहभागी भएको जानकारी गराए ।
देउवा पक्षले मंसिर २१ गते देखि २३ सम्म महाधिवेशन गर्दैछ ।