९ मंसिर २०८१, आईतवार
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय संकटकालको घोषणा गर्ने सम्बन्धि फैसलाको बिरुद्धमा १६ राज्यले मुद्धा दर्ता गराएका छन् ।
सैन्य निर्माण एवं अन्य कार्यक्रमका लागि प्रयोग गरिने कोषलाई अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन खर्च गर्नाले न्यूयोर्कको सार्वजनिक सुरक्षामा खतरा आउन सक्छ भन्दै महान्यायधिवक्ता लेतितिया जेम्सले सोमबार मुद्धा दर्ता गरेका छन् ।
ट्रम्पले शुक्रबार संकटकालको घोषणा गरेका थिए । ट्रम्पले यसो गरेर संकट पैदा गरेको र उनको घोषणा असंवैधानिक एवं गैरकानुनी भएको दर्ता गरिएको मुद्धामा उल्लेख छ ।
यो भन्दा पहिले एक शीर्ष सल्लाहकारले कंग्रेसले मेक्सिकोको सीमामा पर्खाल बनाउने ट्रम्पको घोषणा खारेज गरेमा ट्रम्पले भिटो प्रयोग गर्न सक्ने संकेत दिएका थिए ।
ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टेफेन मिलरले फक्स न्यूज सन्डेलाई राष्ट्रपति राष्ट्रिय संकटकालको आफ्नो घोषणाको बचाउ गर्ने बताएका थिए ।