९ मंसिर २०८१, आईतवार
भारत र पाकिस्तानबिच हमला भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभरी एयर स्ट्राइक हेरेर बसिराखेको प्रधानमन्त्री श्रोतले बताएको छ ।
रातभरीमा उनी एकछिन पनि सुत्न सकेका थिएनन् । जुन समयमा भारतीय वायुसेनाको युद्धका विमानले पाक अधिनस्त काश्मीरमा जैस–ए–मोहम्मदको आतंकवादी ठेगानामा बम बर्साएका थिए, उक्त समयमा प्रधानमन्त्रीले घटनाक्रम हेरिरहेका थिए ।
मोदीले सबै लडाकु विमान तथा पाइलट सुरक्षित रुपमा फर्किएपछि मात्रै आराम लिएको सुत्रले जनाएको छ । आक्रमणमा सहभागी मानिसलाई विहान करिब साढे ४ बजे बधाइ दिएपछि मात्रै उनले आफ्नो नियमित दिनचर्या सुरु गरेका थिए ।
विहान राष्ट्रपति भवनको कार्यक्रममा सहभागी भएपछि मोदी एक र्यालीका लागि राजस्थान गएका थिए ।